विशाल लक्ष्य बनाउँदा पनि पञ्जाबमाथि मुम्बई हाबी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विशाल लक्ष्य बनाउँदा पनि पञ्जाबमाथि मुम्बई हाबी



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईको लागि ईशान किशनले ७५ / सूर्यकुमार यादवले ६६ बनाए । तिलक बर्माले १० बलमा २६ रन बनाए ।

पञ्जाबका नाथन एलिसले २ तथा ऋषि धवन र अर्शदीप सिंहले समान १/१ विकेट लिए । त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

पञ्जाबका लियाम लिभिङस्टोन ८२ रनमा नटआउट रहे । मुम्बईका पीयूष चावलाले २ र अर्शद खानले १ विकेट लिए । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौँ स्थानमा छ ।

पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ ।