दिल्लीलाई ठुलो अन्तरले हराउँदै मुम्बई फाइनलमा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दिल्लीलाई ठुलो अन्तरले हराउँदै मुम्बई फाइनलमा



काठमाडौं- साविक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर्समा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले हरायो ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको मुम्बईले १६ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ७८ रनमा दोस्रो विकेट गुमाएको मुम्बईले एक सय रन बनाउँदा तीन विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ४० रन थप्दा अरु दुई विकेट गुमायो ।

उसका लागि ओपनर क्विन्टन डी ककले ४० रनको योगदान गरे भने रोहित शर्माले खाता खोल्न नै सकेनन् । शुर्यकुमार यादवले ५१ रनको योगदान गरे । उनले ३८ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि कायरन पोलार्डले खाता खोल्न सकेनन् भने कुर्नाल पाण्ड्याले १३ रन बनाए ।

यस्तै इशान किसनले ५५ रनको योगदान गरे भने हार्दिक पाण्ड्याले विस्फोटक ३७ रन बनाए । बलिङमा रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४३ रन मात्र बनाउन सक्याे ।

निकै खराव सुरुवात गरेको दिल्लीले खाता खोल्न नपाउँदै तीन विकेट गुमायो । उसका दुबै ओपनर शिखर धवन र पृथ्वी शा खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अजिन्क्या राहाणेपनि खाता खोलेविनै पेभेलियन फर्किए ।

त्यसपछि कप्तान श्रेयस ऐयर १२ रनमा आउट भएपछि दिल्लीले मात्र २० रन बनाउँदा चार विकेट गुमाएको थियो । पारीको सुरुवातमा नै धरापमा परेको दिल्लीले ४१ रनमा पाँच विकेट गुमायो । उसका रिसव पन्त मात्र तीन रनमा आउट भए ।

तर त्यसपछि मार्कुस स्टोनिस र अक्सर पटेलले टिमका लागि केहि संयमित भएर ब्याटिङ गरेका थिए । तर स्टोनीस ६५ रनमा आउट भएपछि दिल्लीको झिनो आशा पनि समाप्त भयो । उनले ४६ बलमा छ चौका र तीन छक्का प्रहार गरे ।

तर त्यसपछि डानीयन साम्सले खाता खोल्न सकेनन् । अन्तिममा अक्सर पटेलले ४२ रनको योगदान गरेपनि कुनै काम लागेन । दिल्लीकाे पारीलाई कमजाेर पार्न जसप्रित बुम्राहले चार तथा

अब दिल्लीले फेरी फाइनल प्रवेशका लागि रोयल च्यालेञ्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादविचको विजेतासँग खेल्नेछ ।