पूर्वसचिव पत्नी हत्या काण्डमा ट्वीष्ट: कामदारको पाइन्टमा वीर्य भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पूर्वसचिव पत्नी हत्या काण्डमा ट्वीष्ट: कामदारको पाइन्टमा वीर्य भेटियो



काठमाडौँ- पूर्वसचिव अर्जुन कार्कीकी पत्नी हत्या काण्डमा नयाँ ट्वीस्ट देखिएको छ ।

मुना कार्कीको हत्याअघि कामदारबाट जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ ।

उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबर्जस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिरोध गर्दा उनको हत्या भएको प्रहरीले आशंका प्रहरीले गरेको हो ।

आत्महत्यापछि भेटिएको चौधरी शवको पाइन्टमा वीर्य भेटिएको प्रहरीको दाबी छ ।

यद्यपि,प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्नेछ ।

सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीको दाबी छ ।

घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भइसकेको छ ।