सन्तोष केसी र मुना थापा मगरको आवाजमा 'रेसुङ्गाको भिरमा टुनी छ' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सन्तोष केसी र मुना थापा मगरको आवाजमा ‘रेसुङ्गाको भिरमा टुनी छ’ बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे \ बैसाख, २७ काठमाडौं

 

गायक तथा संगीतकार सन्तोष केसी र लोक लायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका मुना थापा मगरको लोकगीत “रेसुङ्गाको भिरमा टुनी छ” बजारमा आएको छ । आधुनिक गीत संगीतमा पनि स्थापित बनिसकेका सन्तोष केसीको नै शब्द र लय रहेको “रेसुङ्गाको भिरमा टुनी छ” एस. एस. डिजिटलको प्रस्तुतिमा भिडियो सहित भर्खरै सार्वजनिक भएको हो ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा चर्चित मोडल अन्जु निरौला र रमेश केसीको अभिनय रहेको छ । हरि नारायण चौधरीको छायांकनमा तयार भएको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।