एलन मस्कलाई उछिनेर बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी, कति छ सम्पत्ति ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एलन मस्कलाई उछिनेर बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी, कति छ सम्पत्ति ?



विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन् ।

बिहीबार ५ सम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ । मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ । उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ।

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन् । उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन् ।

फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो ।

सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ । अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन् । उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ ।