कांग्रेसले हारेपछि विष्णु मुस्कानले दिए राजीनामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसले हारेपछि विष्णु मुस्कानले दिए राजीनामा



नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनामा दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री थिए ।