मुस्ताङमा कांग्रेसका थकालीले अग्रता, घन्टी पछिपछि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुस्ताङमा कांग्रेसका थकालीले अग्रता, घन्टी पछिपछि



एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरुवाती अग्रता लिएका छन् ।

९ सय ८३ मतगणना हुँदा उनले ५३७ मत पाएका छन् । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ मत पाएका छन् ।

हालसम्म ११ मत बदर भएको छ । मुस्ताङमा बिहान साढे ३ बजेदेखि मतगणना सुरु भएको थियो । मुस्ताङमा १० हजार ९ सय ५७ मतदाता रहेकोमा आइतबार ७ हजार २ सय ३० मत खसेको छ ।