मुस्ताङमा कांग्रेसका गौचनको फराकिलो अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुस्ताङमा कांग्रेसका गौचनको फराकिलो अग्रता



मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् ।

योगेश नेकपा एमालेका प्रेमप्रसाद तुलाचनभन्दा २६१ मतले अगाडि छन् । योगेशले एक हजार ६८ र तुलाचनले ८०७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२, राप्रपा नेपालका प्रवीण शेरचनले २ मत ल्याएका छन् ।

मुस्ताङमा १० हजार ९५७ मतदाता रहेकोमा आइतबार ७ हजार २३० मत खसेको थियो ।