मुस्ताङमा मतगणना शुरु, राती १ बजेसम्म नतिजा घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुस्ताङमा मतगणना शुरु, राती १ बजेसम्म नतिजा घोषणा



मुस्ताङ,मंसिर २१ 

मतदाता संख्या थोरै रहेको मुस्ताङ जिल्लामा मतगणना कार्य शुरु भएको छ ।

अहिले सदरमुकाम जोमसोममा मतदान केन्द्रबाट ल्याइएका मतपेटिका रुजु गर्ने कार्य भइरहेको र केही बेरमा नै दलहरुका प्रतिनिधिहरुको रोहबरमा मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा चार समूह बनाएर गणना कार्य सुरु गर्ने तयारी पुरा भएको छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका ५ जना गरी ८ जना उम्मेदवार उठेका थिए ।

जिल्लाभरिका ३७ वटा मतदान केन्द्रका १ सय ११ वटा मतपेटिका एकसाथ गणना गरिने छ । मुस्ताङमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो । ११ दिनसम्म मतपेटिका राखिएको स्थानमा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेनाले पहरा दिएर बसेका थिए । चौथो घेरामा दलहरुका प्रतिनिधिहरु रातभरि चिसोमा मतपेटिका कुरेका थिए । मुस्ताङमा ९ हजार ४ सय २७ मतदातामध्ये ६ हजार ७ सय ७३ जनाले भोट दिएका थिए ।