कवयत्री एवम् गीतकार राखी गौचनको उत्कृष्ट शब्द रचनामा "नाम बिना" सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कवयत्री एवम् गीतकार राखी गौचनको उत्कृष्ट शब्द रचनामा “नाम बिना” सार्वजनिक(भिडियो सहित)



हिमाल पोस्ट /मंसिर ,९ 

हाल अमेेरिकाको क्यार्लिफोनियालाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएकी युवा कवि तथा गीतकार राखी गोैचनको शब्दमा नाम बिना शीर्षकको गीत यूटूब मार्फ़त सार्वजनिक भएको छ। उहाकै एकल शब्द र सुरज थापाको एकल स्वरमा रहेको एल्बम चाडैनै बजारमा आउने तयारी पुरा भैसकेको छ ।

रिमा विश्वकर्मा र पुष्प खड्काद्वारा अभिनित यो म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन भने सङ्गीत संयोजन किरण कडेलको रहेको छ ।अहिलेका बहुचर्चित सङ्गीतकार नारायण सुवेदी आभासको जादुमय सङ्गीतले गीतलाई जीबन्तता प्रदान गरेको छ । आफ्ना सुन्दर कविता द्दारा धेरै भन्दा धेरै पाठक को मन मुटुमा बसिसकेकी गौचन ले रचना गरेका गीतहरू ले पनि नेपाली साङ्गीतिक बजारमा उत्तिकै चर्चा बटुल्ने गर्छन्।