नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा विज्ञान प्रदशनी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा विज्ञान प्रदशनी



आश्विन १, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देविनगरमा पाँचौ विज्ञान दिवशको अवशरमा विज्ञान प्रदशनी आइतबार सम्पन्न भयो ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिका शिक्षा विभागका प्रमुख उप–सचिव लोकराज पन्थीले मन्तब्य ब्यक्त गर्दै विद्यालयले बुटवल क्षेत्रमा मात्र नभएर नेपालमै उत्कृष्ट हुने प्रयास गरेकोमा सराहना ब्यक्त गर्दै अभैm परिस्कृत गर्न सुझाव दिनु भयो ।

अर्का विशिष्ट अतिथि भौतिक शास्त्रका प्राध्यापक डा. अनन्त पन्थीले विद्यार्थीहरुले गरेका कार्यहरु सराहनीय, ब्यवहारिक भएकोमा निरन्तरता दिदै आई.टी., एन.टी. र बी.टीमा ध्यान दिन आग्रह गर्नु भयो ।

अर्का विशिष्ट अतिथि रसायनशास्त्रका प्राध्यापक भोजराज भट्टराईले विद्यार्थीहरुले तयार गरेका प्रोजेक्ट रुचीका साथै बैज्ञानिक भएकोमा आगामी दिनमा पनि अभैm प्रयास गर्न सुझाव दिनु भयो ।

अर्र्का विशिष्ट अतिथि शिक्षा शास्त्रका प्राध्यापक आनन्दमान शिह शाक्यले विज्ञान प्रदशनी सराहनीय रहेको र यसलाई विद्यागत प्रभावकारीतामा जोड दिनुका साथै अन्य विद्यालयलाई बोलाई ब्यस्थि गर्न आग्रह गर्नु भयो ।

विद्यालय ब्यवस्थापन सिमितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा विज्ञान शिक्षक जयराम पन्थीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा विज्ञान विभाग प्रमुख भीमराज खनालले विज्ञान प्रदशनीको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो भने विद्यालयका प्रद्यानाध्यापक प्रेमबहादुर बस्तेतले विद्यालयका शैक्षिक, भौतिक अवस्था हालसम्म भएका राम्रा प्रयास र भावी योजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त विज्ञान प्रदशनीमा कक्षा ३ देखि १० सम्मका ११३ वटा प्रोजेक्टहरु विद्यार्थीहरुले तयार गरेका थिए ।