बाँस्कोटा बचाउ अभियानमा लागिन नविना लामा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाँस्कोटा बचाउ अभियानमा लागिन नविना लामा



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताएकी छन् ।

७० करोड घुस मागेको अडियो सार्वजनिक भएसंगै बिबादमा तानिएका बास्कोटाको बचाउ गर्दै नविनाले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले ७० करोड घुषक लागि बार्गेनिङ गरिरहेको अडियो बाहिर आएपछि श्रव्य सामाग्रीका आधारमा बास्कोटाको चरित्र हत्या गर्न खोजिएको सांसद लामाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

फेसबुक स्ट्याटस्मा लामाले लेखेकी छन्, ‘सञ्चार मन्त्री गोकुल बाँस्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो। सत्य तथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौँ ।’

यसअघि गुण्डानाइके सत्यमान लामालाई छुटाउन प्रहरी कार्यालय पुगेर बिबादमा तानिएकी लामाले अहिले बास्कोटाको बचाउ गर्दै अभिव्यक्ति दिएपछि धेरैले उनको आलोचना गरेका छन् ।