नेपाल विद्युत प्राधिकरण कति घाटामा छ ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल विद्युत प्राधिकरण कति घाटामा छ ?



 
काठमाडौं, १९ साउन ।

विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटमा रहेको प्राधिकरणको नोक्सानी गत आव २०७३/७४ मा एक अर्बभन्दा कम भएको प्राधिकरणको प्रारम्भिक लेखा परिक्षण प्रतिवेदनले देखाएको हो ।

महसुल वृद्धि, चुहावटमा आएको कमी लगायतले नोक्सानी घटेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । खबर आजको नागरिक दैनिकमा छ ।