सलिना नेपालीको तीजको कोसेली “नाचन साईली” बजारमा (भिडियो सहित) « Himal Post | Online News Revolution
Logo

सलिना नेपालीको तीजको कोसेली “नाचन साईली” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरूमा झैँ यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरू धमाधम बजारमा ल्याउन गायिकाहरु यति बेला अति नै व्यस्त हुन थालेका छन् । तीजकै अवसर पारेर गायिका सलिना नेपालीले पनि “ नाचन साईली ” बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् ।

गायिका सलिना नेपाली र गायक राजन कार्कीको समधुर स्वरमा रहेको उक्त गीतमा शब्द घनश्याम रिजालले लेखेका छन् भने सङ्गीत गायक राजन कार्कीकै रहेको छ ।

यस्तै गीतको भिडियोलाई रबिन थापाले निर्देशन गरेका छन् । करन चैसिरको छायाङ्कन र प्रविन रेश्मी मगरको सम्पादनमा भिडियो तयार भएको छ । भिडियोमा नरेश वीर र उनै गायिका सलिना नेपालीको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ । गीत शिव दर्शन फिल्मस् ले बजारमा ल्याएको हो ।

https://youtu.be/L6JM7eCsqIw