भृकुटिमण्डपमा गाडीको मेला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भृकुटिमण्डपमा गाडीको मेला



काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा मंगलबारबाट नाडा अटो सो सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेसँगै १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु भएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ ।

आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए । प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ ।