कैलालीको कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कैलालीको कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता



कैलाली – कैलालीमा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् ।

आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका- ४ माघीका अन्दाजी ४५ बर्षिय कालु सिंह साउद नदीमा डुबेर बेपत्ता भएका घोडाघोडी नगरपालिका वडा नं ४ का अध्यक्ष टेक बहादुर बुढाले जानकारी दिए ।

अध्यक्ष बुढाका अनुसार,आफन्तको मलामी आएका साउद आज बिहान करिब ११:१५ बजेतिर नुहाउनको लागि नदिमा गएका थिए ।

उनको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले जानकारी दिए । भट्टले नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा स्थानीयहरुद्बारा खोजी कार्य भइरहेको बताए ।