विराटनगर महानगरमा कांग्रेसका नागेश र एमालेकी शिल्पा विजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विराटनगर महानगरमा कांग्रेसका नागेश र एमालेकी शिल्पा विजयी



विराटनगर- विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको जित पक्का भएको छ । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाको जित पक्का भएको हो ।

नागेश गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । यहि स्थानमा गठबन्धनका उपमेयरका उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव भने निकै पछाडी परेका छन् । गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार पनि जित नजिक पुगेका छन । एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।

कार्कीभन्दा झन्डै आधा मतले पछि छन । कुल ८९ हजार ६७८ मत झरेको विराटनगरमा शुक्रबार साँझ सम्म ८२ हजार ५२७ मत गणना हुँदा गठबन्धनका कोइरालाले २७ हजार २६४ मत पाएका छन् । उनका प्रत्यासी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाउँदा कोइराला विजयी नजिक पुगेका हुन् । गणना गर्न बाँकी रहेको मतमा कोइरालालाई मत नै नपर्दा मात्र थापाको जित सम्भव हुने स्थिति छ ।

त्यसैगरी उपमेयरमा एमालेकी कार्कीले २३ हजार ६३१ मत पाउँदा गठबन्धनका यादवले १३ हजार २३४ मत मात्र पाउँदा कार्की पनि जितनजिक पुगेकी हुन । गणना गर्न बाँकी रहेको सवै मत यादवलाई परे पनि उनी विजय हुँदैनन् । यही मत आँकडाले मतगणनास्थल आर्दश माध्यामिक विद्यालयबाहिर सम्भावित विजयी मेयर र उपमेयरका उम्मेदवारलाई बधाई दिन सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृतका अनुसार महानगरको मतगणना शुक्रबार रातिसम्ममा सक्ने तयारी गरिएको छ । त्यसपछि मात्रै उनीहरू विजय भएको आधिकारिक घोषणा आयोगले गर्नेछ ।