करण न्यौपानेको उत्कृष्ट लय सृजनामा गायिका देवीका केसीको तीजको कोसेली “नैना रेसम” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

करण न्यौपानेको उत्कृष्ट लय सृजनामा गायिका देवीका केसीको तीजको कोसेली “नैना रेसम” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिदै गई रहेको बेला फेरी अर्को तीज कोशेली “नैना रेसम” नेपाली साङ्गीतिक बजारमा सार्वजनिक भएको छ ।

चर्चित गायिका देवीका केसी र सन्दिप न्यौपानेको स्वरमा रहेको गीतमा गीतसंगीत क्षेत्रका चर्चित सर्जक करण न्यौपानेको उत्कृष्ट लय सृजनामा टुरिष्ट जङ्ग विष्ट बिकले सङ्गीत भरेका छन् ।

पछिल्लो पटक अत्यन्तै चर्चामा रहेकी मोडल अन्जली अधिकारी र सन्दिप न्यौपानेको अभिनय रहेको गीतको भिडियोलाई बब्बु थापाको निर्देशनमा तयार पारिएको छ गीतमा निकै मौलिकता झल्किएको पाइन्छ । दुर्गा पौडेलको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । देवीका के.सीको प्रस्तुतिमा बजारमा आएको गीत तिर्सना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।