नजिकिदै स्ववियु निर्वाचन,विद्यार्थी नेताहरूको कसिकसाइ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नजिकिदै स्ववियु निर्वाचन,विद्यार्थी नेताहरूको कसिकसाइ



रोसन भुसाल

समस्या र चुनाैतीलाई चिर्दै असल मार्गकाे ढाेका उघारी कानुनी शासन सँगसँगै समृद्धितर्फ हिडाउने कलालाई राजनीति भनिन्छ ।राजनितीकाे विभिन्न वैचारिक वाद एवम् सिद्धान्त हुन सक्लान तर जनचाहना अनुरूप सरल र असल शासन नै राजनीतिको वास्तविक मर्म हाे । देशकाे मस्तिष्क नै राजनीति हाे ।जब मान्छेका अरू सबै अङग सक्षम र तन्दुरुस्त छन् तर मस्तिष्क ठिक छैन भने मानिस काम नलाग्ने अर्थहीन मानिस बन्न पुग्दछ । त्यसरी नै राजनीतिलाई भराेसा गर्न, देशलाई समुन्नत बनाउनकाे लागि पनि जसरी मानिसकाे मस्तिष्क ठिक हुनुपर्छ त्यसरी नै देशकाे मस्तिष्क पनि ठिक हुनुपर्दछ ।

अहिले देशभरिकाे क्याम्पस र कलेजहरुमा स्वतन्त्र विधार्थी युनियनकाे चुनावकाे सरगर्मी चलेकाे छ । क्याम्पस वरिपरि ठुलठुला पाेष्टरहरु सजिसजाउ भएका छन् ,विधार्थीकाे ध्यान किताबतिर भन्दा पनि पाेस्टर र विभिन्न कार्यक्रम तर्फ आकर्षित भएकाे छ । २/२ वर्षमा हुनुपर्ने स्ववियु चुनाव ८ वर्षपछि घाेषणा भएकाे स्ववियु चुनाव हुने कुरामा नै कतिपय नेताहरू अाशंकित छन् । तर विधार्थी नेताहरू भने स्ववियु उम्मेदवार बनेन कसिकसाईमा दाैडिरहेका छन् । नियमित क्याम्पस जाने, अध्ययनशील र सिर्जनशील एवम् रचनात्मक कार्य गर्ने विधार्थी भन्दा धेरैजसाे क्याम्पसमा यदाकदा क्याम्पसमा देखिने विधार्थी नेताहरू उम्मेदवार बन्न दाैडदुप लागेका छन् । स्ववियु निर्वाचन विधार्थी , क्याम्पस, अध्ययन र विश्वपरिवेश शिक्षा र वर्तमान शिक्षाकाे अावश्यकताकाे सवालमा जाेडिएकाे विषय हाे ।

तर विडम्बना धेरैजसाे क्याम्पसमा विधार्थी सङगठनहरु क्याम्पसमा रमिते हेरेर मात्र बस्दछन् यतिसम्म कहालीलाग्दो अवस्था छ भने टवाईलेट प्रवेश गर्नुभन्दा अघि माक्स नलगाई छिर्न सकिँदैन , लेडिज टवाईलेटमा महिनावारी हुँदा प्रयाेग गर्ने प्याड फाल्ने डस्विन हुँदैन ।क्याम्पसमा एउटा यस्ताे व्यथा र प्रथा माैलाएकाे छ कि स्ववियु निर्वाचनकाे लागि १२/१५ वर्षसम्म कुरुवा प्रथा लागेकाे छ । विधार्थी नेता राजनितिकाे नर्सरी मानिन्छ , कतिपय नेताहरू सिर्जनशील र रचनात्मक एवम् कुशल पनि छन् तर कतिपय भनाउदा विधार्थी नेताहरू क्याम्पस वरपरका खाजाघरमा चिया चुराेट र तास खेली देश बनाउने गफमा दिन बिताईरहेका हुन्छन् । विधार्थी सिर्जनशील र कार्यशील हुनुपर्छ तर गुन्डागर्दीकाे राजनीति माैलाईरहेकाे छ । हरेक सङ्गठन आन्तरिक विवादकाे चपेटामा परेका छन् , हरेक सँगठनकाे नेताकाे अरू प्रतिस्पर्धी नेता साथीसँग बरु राम्रो सम्बन्ध छ तर अाफ्नाे साथीसँग कुटाकुट र पानी बाराबार छ । नेता भनेकाे भिजन र रिजन भएकाे हुनुपर्छ , नीति र याेजनाकाे दृढ अात्मविश्वाशी हुनुपर्छ । समाजकाे आवश्यकता राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश वुझी बिधार्थीकाे वर्तमान शिक्षा, पाठ्यक्रम र शैक्षिक पद्धतिको सुरुवात गर्न सक्ने हुनुपर्छ । बिधालय अाएकाे विधार्थी सुन्दर सपना लिएर अाएकाे हुन्छ । एसएलसी दिन्छ राम्राे अङ्क ल्याएर पास गर्छ र उ भित्र महत्त्वाकांक्षा र सपना भरिदै जान्छ प्रमाण पत्र तह पास गर्छ ।काेही ठुल ठुल्ला देश जाने सपना तर्फ लाग्छन ,काेही आफ्नै एसएलसी पास नगरेकाे साथीले २० लाखकाे घडेरी किनेकाे देखेर ,काेही पासपोर्ट बनाउन त काेही काेरियन भाषा पढन काेही जापनिज भाषातर्फ सिक्न तल्लीन भने कतिपय पढाइमा निरन्तरता दिँदै स्नातक हुँदै स्नातकोत्तर सम्मकाे पढाइ सक्दछ । अन्तमा यताउता एनजीओ अाईएनजिअाे शिक्षक हुँदै भाैतारिन्छ ।

२० हजारकाे कमाइले परिवार पाल्न असहज ठानी साउदी कतारकाे ६०/७० हजार धैरै मानी विदेशिन विवश हुन्छ । के १५/२० वर्षकाे अध्ययन कागजकाे खाेस्टाे सजाउनकाे लागि हाे ? के क्याम्पसमा ड्रेस लगाएर त्याे सर्टिफिकेट पाइने हाेर ? साच्चिकै बाबाअामाकाे आर्थिक लगानी , समयकाे लगानी ,परिश्रम र बाैद्दिकता अर्थहिनताकाे लागि त पक्कै हाेइन ? वर्तमान शिक्षा भिसा नलाग्दासम्म अध्ययन गर्ने शिक्षालय जस्ताे बनेकाे छ । विधार्थीलाई पढाइप्रति नैराश्यता एवम् वितृष्णा फैलिएकाे छ,धेरैजसो विधार्थीले पढाइप्रति भविष्य देख्न छाेडिसकेका छन् ।तसर्थ अबकाे स्ववियुकाे मुख्य विषय याे बन्नु जरुरी छ कि उच्च शिक्षा हासिल गरेका विधार्थीकाे उचित व्यवस्थापन गर्ने खाका के हुन्, दिनानुदिन विदेशीएका युवालाई राेकी स्वदेशी उत्पादनमा जाेडने र आर्थिक विकासमा लाग्ने रणनितिहरु के के हुन? देशमा धनीले पढने शिक्षा र गरिबले पढने शिक्षाकाे खाडलकाे समुचित उपाय के के हुन ?आदि विषय स्ववियुकाे।मुख्य एजेन्डा बन्नु आवश्यक छ । अहिलेकाे शिक्षा सीपविहिनताकाे शुन्यताकाे वाजाे जमिन सरह बनेकाे छ ।

लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्ति सँगसँगै शिक्षाकाे।पनि मुहार।फेरिनुपर्छ। अहिले वर्तमान शिक्षा सिपमुलक व्यवहारिक भन्दापनि सर्टिफिकेटमुखी बन्न पुग्याे । हिजोको शिक्षा नीति शिक्षा दिने व्यक्ति र प्रशासन चलाउन सक्ने जनशक्ति निर्माणमा केन्द्रित थियाे , अहिले पनि त्यही छ ।त्यस कारण अहिलेको आधुनिक प्रविधिसँग जाेडिएकाे विश्वमा यस्तो नीति कायम हुनु कति सान्दर्भिक हुन्छ? त्यकारणले यस्तो विविध समस्याको निराकरण गर्दै अवकाे स्वतन्त्र विधार्थी युनियनले राष्ट्रियता, विधार्थीकाे भविष्य, शैक्षिक, वैचारिक,पाठयत्रम,शिक्षा नीति समयानुकूल शिक्षा नितिकाे सान्दर्भिकताकाे विश्लेषण गर्दै व्यवहारिक व्यवसाहिक प्राविधिक शिक्षालाई प्रमुख एजेन्डा मान्दै आधार स्तम्भकाे जग निर्माणमा गहन भूमिका खेल्नुपर्दछ ।

पृथ्वीनारायण क्याम्पस पोखरा