मकाउमा एक नेपालीको ह्रदयघातका कारण मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मकाउमा एक नेपालीको ह्रदयघातका कारण मृत्यु



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

विगत एक वर्ष देखि मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत चितवन जिल्ला माडी नगर पालिक वडा नं २ बगौडा स्थायी घर भएका छन्नु महतोको छोरा वर्ष ३३ को रवि प्रकाश महतोको ह्रदयघातका कारण मकाउ स्थित सान्तेन हस्पिटलमा मिति २०१७/७/१२ तारीक बुधवारका दिन बिहानको ४ बजे असामयिक निधन भएको छ।

हिजो बेलुकी खाना खाएर सुतेका महतो बिहान साथीले उठाउन खोज्दा नउठेको र त्यस समयमा हल्का आवाजका साथ सास फेरी रहेकोले तुरुन्तै एम्बुलेन्स बोलाएर मकाउको सरकारी अस्पताल सान्तेनमा लगिएको थियो।बिहानको ४ बजे डाक्टरले मृत घोषणा गरेका थिए।उपचारमा कुनै कसर बाँकी नराख्दा पनि बचाउन सकिएन।

“एक पटकको नेपाली सधैको नेपाली र नेपालीको लागि नेपाली”भन्ने गैर आवासीय नेपाली सङ्घको मूल मर्मलाई आत्मसात गर्दै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउले मृतकको पार्थीव शरीर र अन्य विषयहरूमा के कसो गर्ने भन्ने बारे मकाउमा रहेका विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरू र नेपाली महाबाणिज्य दूतावासको कार्यालय हंगकंगलाई पत्रचार गरी विशेष छलफल गरिने छ।आजको मिति सम्म मकाउका ४ जना नेपालीले ह्रदयघातका कारण ज्यान गुमाउनु परेको छ।