नख्खु कारागारमा झडप,एक जना कैदीको मृत्यु - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

नख्खु कारागारमा झडप,एक जना कैदीको मृत्यु



काठमाडौं । नख्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको झडपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो ।

झडपपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीका अनुसार पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले पूर्णबहादुरको टाउकोमा प्रहार गरेका थिए ।

मृतक पूर्णबहादुर र आक्रमण गर्ने पवन दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।