तनाव कम गर्न जापानमा नक्कली 'बोइफ्रेन्ड' - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तनाव कम गर्न जापानमा नक्कली ‘बोइफ्रेन्ड’



एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसलाई आफ्नो साथमा जहाँपनि लैजान सक्छन् । उनिहरु उक्त बोइफ्रेन्डलाई रेष्टुरेन्ट, थियटर तथा सपिङ सेन्टर जहाँपनि लान सक्नेछन् ।

यस उत्पादनको नाम ‘बोइफ्रेन्ड हग स्पीकर’ रहेको छ । दुई ठूला हात भएका यसको साथमा सेतो रङ्गको एक सिरानी लगाइएको छ ।

जसमा कम्पनीको नयाँ गेम हीरो अफ मेडन्सको मुख्य भूमिकाको आकृति बनेको छ । तपाइलाई सहज महसुस गराउनको लागि यसको पाखुरामा ब्लुटुथ स्पीकर पनि जडान गरिएको छ, जसलाई अंगालो हाल्दा गीत बज्ने गर्दछ ।

यस बोइफ्रेन्डलाई प्राप्त गर्न निक्कै कठिन रहेको छ । किनभने यसलाई एक सेट मात्र बनाइएको थियो । यसलाई बिक्रिको प्रयोजनमा राखिएको छैन ।

कुनैपनि विजेताले यसलाई प्राप्त गर्न सक्छ । कम्पनीले ट्विटरमा एक प्रतियोगिता राखेको छ । विजेताको घोषणा ९ अगस्टमा गरिनेछ ।