यसरी चिन्नुहोस् नक्कली र जाली नोट - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यसरी चिन्नुहोस् नक्कली र जाली नोट



 

हिमालपोष्ट/ काठमाडौँ, १२ वैशाख

हाल बजारमा नक्कली नोटको बिगबिगी भएको छ । अघिल्लो हप्ता देखी पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट सङ्कलन भइसकेको बाटएको छ । रु ५ सय र १ हजारका नोटहरू नक्कली भेटिएको बाटइेको छ ।

नक्कली नोटको बिगबिगी सँगै सर्वसाधारणमा भने चिन्ता थपिएको छ, नक्कली र जाली नोट कसरी छुट्ट्याउने उनीहरूमा अन्योल छ ।
सक्कली र नक्कली नोट यसरी चिन्नुहोस् ?

:- सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।
:- नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन । देखिए पनि अस्पष्ट हुन्छ ।

:- नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

:-सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवज कम हुन्छ ।