भुटानी शरणार्थी प्रकरण अपडेट- अभियुक्तहरुलाई साधारण तारेखमा छाड्न माग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भुटानी शरणार्थी प्रकरण अपडेट- अभियुक्तहरुलाई साधारण तारेखमा छाड्न माग



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरुको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका हुन् । भट्टराईले तत्काल प्राप्त प्रमाणका आधारमा दुलाललाई पूर्पक्षका लागि साधारण तारेखमा छाड्न माग गर्दै बहस गरेका हुन् ।

भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरु विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

त्यस्तै, अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रुपमा अधिवक्ताहरु विनोद शर्मा, चुडामणी पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।

सानु भण्डारीकै तर्फबाट भोलि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।