नक्कली राष्ट्रबादले केहि हुदैन बरु एमालेलाई कमजोर बनाएको छ : कोइराला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नक्कली राष्ट्रबादले केहि हुदैन बरु एमालेलाई कमजोर बनाएको छ : कोइराला



हिमाल पोष्ट / काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नक्कली राष्ट्बादले गर्दा एमालेलाई ठुलो घाटा भएको बताएका छन ।
 मधेसी मोर्चा र एमालेको हठ र दम्भले मूलूक जटिल मोडमा पूगेको कोइरालाले बताए । संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई छलफल नै गर्न दिँदैनौ भन्ने एमाले र संशोधन प्रस्ताब पारित नभए चुनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दुबै अलोकतान्त्रिक र अतिबादी पार्टी भएको बताए।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले एमालेले नक्कली राष्ट्रबादको नारा लगाएर मूलूक र जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप पनि लगाए । कार्यक्रममा सांसद् पुष्कर आचार्य, शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली, लगायतले आ-आफ्नो धारणा राखेका थिए।