सर्वपक्षीय बैठकमा अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने सम्मको चर्चा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सर्वपक्षीय बैठकमा अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने सम्मको चर्चा



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक सकिएको छ। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक राखेर उक्त विषयमा साझा धारणा निर्माणको प्रयास गरेका हुन् । उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति थियो ।

यस्तै सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, परराष्ट्र विदहरुका सहभागी छन् । बैठकमा भारत यो बिषयमा गम्भीर नदेखिएकोबारे चर्चा भएको थियो।

बैठकमा कुटनीतिक तवरबाट सीमा विवाद हल गर्ने कुरामा भारत गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानु पनि तायर हुनपर्ने छलफल भएको जनाइएको छ । त्यस्तै केहि सहभागीले कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताएका छन् ।