नलसिङगाडका आरोपीलाई सफाइ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नलसिङगाडका आरोपीलाई सफाइ



काठमाडौं-

विशेष अदालतले नलसिङगाड जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिमा भ्रष्टाचार मुद्दामा आरोपी सबैलाई सफाइ दिएको छ ।

सफाई पाउनेमा नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलगायत छन् । आजको कान्तिपुरमा खबर छ ।

अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले परामर्शदाता नियुक्तिका क्रममा भ्रष्टाचार प्रयास गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबीलाई अस्वीकार गरेको विशेष अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले बताए ।

‘प्रतिवादीहरुले गलत मनसायका साथ आफूलाई फाइदा हुने तथा आयोजनालाई नोक्सान हुने कार्य गरेको नदेखिएकाले आरोप स्थापित हुन सकेन,’ रायकिताबमा उल्लिखित फैसलाबारे रजिष्ट्रार श्रेष्ठले भने ।

अख्तियारले समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुवरलगायतलाई बोलपत्रको सही मुल्यांकन नगरी आयोजनालाई बढी व्ययभार पारेको आरोप लगाएको थियो ।