डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ हुने



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको जानकारी दिएको छ ।

खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेरमा शपथग्रहण गराउने तयारी छ । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।खड्का कांग्रेसका विदेश विभाग प्रमुख पनि हुन् ।