स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता:बिजुक्छें - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता:बिजुक्छें



काठमाण्डु, १२ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने – संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको छ ।

अध्यक्ष बिजुक्छेंले ठूला दलको खर्च र विगतका आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताउँदै स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर व्यवहारमा कुनै तयारी नगरेको भने ।

धर्मका नाममा जातजाति, भाषाभाषी र क्षेत्रका नाममा दल खोल्न नहुने भएपनि देशलाई जुन÷जुन विषयले घाटा पुग्छ, त्यहीँ काम अर्कैको इशारामा गर्दा देश नै टुक्रिने अवस्थामा आइपुगेको बताउँदै उनले संविधान संशोधनको विषयलाई अल्झाउन समेत निर्वाचनको विषयलाई बोलीमा मात्रै व्यापकता दिएको धारणा व्यक्त गरे ।