प्रचण्डलाई थाहै नदिई नारायणकाजी लगातार किन धाईरहेका छन् ओली निवास ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रचण्डलाई थाहै नदिई नारायणकाजी लगातार किन धाईरहेका छन् ओली निवास ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्ता भैरहेको खुलेको छ । पार्टी जिम्मेवारीदेखि मन्त्री बनाउने बिषयमा प्रचण्डसँग असन्तुष्ट देखिएका श्रेष्ठ ओलीसँग नजिकिएको बताइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटकहरूलाई एकतामा ल्याउने पहल थालेदेखि श्रेष्ठ लगातार बालकोट पुगेर ओलीलाई भेट्ने गरेको माओवादीकै नेताहरूले बताउने गरेका छन् ।

सोमबार बिहान पनि उनी बालकोटमै भेटिएपछि उनको लगातार भेटबारे खुलेको हो । सोमबार बिहानै श्रेष्ठ एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बलकोट पुगेर लामो छलफल गरेको स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डलाई थाहै नदिई एमाले अध्यक्ष ओलीसँग गोप्य रूपमा ओलीसंग भैरहेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

सोमबार बिहान बालकोट पुगेका पुगेका उनले ओलीसँग एक्लाएक्लै २ घण्टा छलफल गरेको बताइएको छ । सके बाम गठबन्धन नसके हालको गठबन्धन फुटाउने रणनीतिमा रहेको एमालेले माओवादीका नेताहरूसँग निरन्तर संवाद गरिरहेको छ । सोमबार बिहान नै एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुन अनन्तबीच ललितपुरको कुसुन्तीनजिकै गोप्य वार्ता भएको थियो ।

यता एमाले र माओवादीका दोस्रो तहका केहि नेताहरूले ओली र प्रचण्डबीच संवाद गराउने कोशिश गरिरहेका छन् । श्रेष्ठले भने समसामयिक विषयमा आफूहरुबीच छलफल भएको बताएका छन् ।