एमालेसँग माओवादी मिल्ने नारायणकाजीको संकेत - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एमालेसँग माओवादी मिल्ने नारायणकाजीको संकेत



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरेका छन् । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उनले लेखेका छन् ।

एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने भन्दै एमालेले आत्मसमिक्षा गरेको खण्डमा बामहरू एक हुनसक्ने संकेत उनले गरेका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ ।

नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’