नर्वेको दोस्रो अधिवेशन सम्पन्न ,नेपाली सेना राष्ट्रको गौरव हो :पौडेल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नर्वेको दोस्रो अधिवेशन सम्पन्न ,नेपाली सेना राष्ट्रको गौरव हो :पौडेल



हिमाल पोष्ट/ योगेन्द्र गौतम
नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न भएको छ। लेजितेन्द्रबिक्रम शाहीको अध्यक्ष्यतामा २५ सदस्यीय कार्य समिति निर्विरोध रूपमा निर्वाचित गरेको हो  ।

15724074_10210186850061350_424758951_n

समितिको वरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे तथा उपाध्यक्षहरुमा केशव पुरी, नारायणसिंह थापा र विष्णु सापकोटा तथा महामन्त्रीमा कबिन्द्र ढकाल, सहमहामन्त्रीमा सुर्यप्रसाद सुबेदी, विष्णु गौतम, नबराजअधिकारी र देबेन्द्र के सी, कोषाध्यक्षमा कोपिला गिरी र सह कोषाध्यक्षमा राजनगौचन रहनु भएको छ ।सदस्यहरुमादिनेश कोइराला, विजय खतिवडा, प्रतीक्षा के सी, मोहम्मदजाहगीर अलि, विक्रम बम, पारसमणि मिश्र, रवि खड्का, हेमराजश्रेष्ठ, मोहन के सी, सुरेस यादव र चक्र विक्रम शाही रहनु भएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जनसम्र्पक समितिहरू नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउँदै महाधिवेशनमा अनुपातीक सहभागिताको लागि केन्द्रीय समितिमा कुरा उठाउने उल्लेख गर्नुभयो ।उहाँले सातजना नेताहरू बसेर मात्रै निर्माण गर्ने प्रान्तहरुले सङ्घीयतालाई सस्थागत गर्न नसक्ने बताउनु भयो ।

केन्द्रीय सदस्य पौडेलले नेपाली सेनालाई भारतीय सेनाको अधिनमा रहेर शान्ति मिसनमा पठाउने प्रक्रिया मान्यनहुने बताउनु भयो ।समितिका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली जन सम्पर्क समिति सन १९७६ जुन १३ का दिन जन नायक बि पी कोइराला को करकमलबाट प्रवासमा रहने नेपाली हरुको हक हित सुरक्षा न्यायका निमित्त स्थापित भएको हो र जन सम्पर्क समितिको संरक्षण गर्नु हामी सबैको दायित्व भन्दै बिश्वब्यापी जन सम्पर्क समितिमा एकता मित्रता र सद्भाव को आवश्यकता रहेको बताउनु भयो ।

उक्त सम्मेलनमा नेपाली कांग्र्रेसका महासमिति सदस्य रामचन्द्र पाठक, महाधिवेशन प्रतिनिधि भरत रकाल, पत्रकार भवानीप्रसाद पाण्डे, नेपालीकांग्रेस अर्घाखाची सम्पर्क समाजका सचिबधर्म खनाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष अमरवहादुर सिंह, अन्तर्राष्ट्रिय नेपाली समाजका हरि पाठक, बिबेकसिल नेपालीका डी पीन्यौपाने, एनआरएनकुमार पण्डित, प्रेम परियार, नेपोसका हरि वानीया, नेस्कोका अमृत दाहाल, हेल्पीड हेण्ड्सका कृष्ण श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।