गृहमन्त्रीका भाइलाई मोज: दिनको १२ हजार पर्ने क्याबिन, खर्च पनि सिआइबीको - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गृहमन्त्रीका भाइलाई मोज: दिनको १२ हजार पर्ने क्याबिन, खर्च पनि सिआइबीको



काठमाडौं – फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर स्विट क्याबिन बसिरहेका छन् ।

नरेश थापालाई गृहमन्त्रीका भाइ भन्ने थाहा पाउने बित्तिकै सिआइबीले हिरासतमा नराखी बिरामीको बहाना बनाएर चिरायु अस्पतालको स्विट क्याबिनमा राखेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भने चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भए गराएको बुझिएको छ। बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल चिरायुमा भर्ना भएका हुन् ।

अस्पतालले भने केहि दिनदेखि उनको उपचार भैरहेको झुटो बयान दिएको छ।

थापा अहिले चिरायु अस्पतालको सबैभन्दा महङ्गो र सुबिधासम्पन्न क्याबिनमा बसेका छन्। फोक्सोमा सामान्य समस्या देखिएको भन्दै सिआइबीले नै भर्ना गर्न ल्याएको अस्पताल स्रोतले जनाएको छ ।

थापा बसेको क्याबिनको मूल्य दैनिक १२ हजारको आसपासमा भएको पनि अस्पतालले जनाएको छ। स्रोतका अनुसार उनको उपचारको खर्च पनि सिआइबीले नै बेहोर्ने भनिएको छ।