घोडाघोडीका युवा र व्यवसायीद्बारा क्वारेन्टाइनमा खाजा वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडीका युवा र व्यवसायीद्बारा क्वारेन्टाइनमा खाजा वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।

घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । सुखडका केही व्यापारी तथा घोडाघोडी क्वलका युवाहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा वितरण गरेका हुन् ।

सुखडका व्यवसायी श्याम आचार्य , कृष्ण ढकाल र
गोपाल चापागाईले संयुक्त रुपमा घोडाघोडी बहुमुखी क्याम्पसमा बसेका ६२ जनालाई खाजा वितरण गरेका हुन् ।

त्यसै घोडाघोडी क्वलका युवाहरुले राष्ट्रिय माध्यामिक विद्यालय सुखड, विराट सनातनधर्म आधारभुत बिद्यालय घोडाघोडी, कपिलमुनी आधारभुत विद्यालय लक्ष्मीपुर , छडी मावी बेलार ,जनज्योति माध्यामिक विद्यालय सुन्दरपुर गरि क्वारेन्टाइनमा बसोबास गर्ने करिब ३ सय ५० जना
मानिसलाई खाजा स्वरुप चना अण्डा वितरण गरिएको हो ।

आपतकालिन अवस्थामा सरकारमात्र नभई आफुहरुले सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको व्यापारी श्याम आचार्यले बताए । यस्तो अवस्थामा एक अर्काको आलोचना भन्दा पनि जनता र सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै आचार्यले सबै मिलि सहयोग गर्न आग्रह समेत गरेका छन् । यस्तै घोडाघोडी क्लबका सदस्य कृष्ण खत्रीले क्लबका पुर्व पदाधिकारीहरुले उपलब्ध गराएको सहयोगमा आफुहरुले समन्वय गरेर नास्ता वितरण गरेको बताउदै सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् ।

क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने मानिसहरूले धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले सरकारले क्वारेन्टाइनमा खाना तथा नास्ताहरु नखुवाएको बेलामा युवाहरूले उदाहरण कार्य गरेको बताए ।