सीतापाइला-नौबिसे सुरुङ मार्ग: निर्माणले गति लियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सीतापाइला-नौबिसे सुरुङ मार्ग: निर्माणले गति लियो



कार्तिक २, काठमाडौं-

नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ ।

राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ ।

यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो ।

सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।