नवलपरासीमा कहाँ हुन्छ निर्वाचन अधिकृतको कार्यालय ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नवलपरासीमा कहाँ हुन्छ निर्वाचन अधिकृतको कार्यालय ?



नवलपुर : दोस्रो चरण अन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ गते हुने भएपछि प्रदेश ४ र ५ मा विभाजित नवलपरासीमा पनि त्यसको तयारी तीव्र पारिएको छ ।

कार्तिक ९ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोल्ने गरी तयारी भएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका नवलपरासीको बर्दघाट सुस्ता पूर्वका प्रतिनिधि सभाको निर्वाचन अधिकृतको दुई वटै निर्वाचन क्षेत्रको कार्यालय कावासोतीको सभा हलमा हुने भएको छ ।

त्यसका लागि नवलपुर क्षेत्रमा निर्वाचन क्षेत्र नं. १ र २ तथा प्रदेश ४ वटैको निर्वाचन अधिकृतको कार्यालय कावासोतीको खानेपानी हलमा कात्तिक ९ गते स्थापनाको लागि तयारी भइरहको बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेले बताए ।

नवलपुर क्षेत्रको निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृत तथा नवलपुर क्षेत्रको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदी रहेका छन्भने निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृत बलसागर गिरी रहेका छन् ।

त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नंं १ क र ख को दुवै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतले र क्षेत्र नं. २ को प्रदेश सभाको निर्वाचन क्षेत्र नं. २ क र ख को निर्वाचन प्रतिनिधि सभा २ का निर्वाचन अधिकृतले हेर्ने गरी जिम्मा लगाइएको छ ।
त्यस्तै परासीको निर्वाचन क्षेत्र नंं २ का लागि मुख्य निर्वाचन अधिकृतले नै हेर्ने गरी जिल्ला बालकल्याण समितिको कार्यायमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने गरी कार्यालय टुंग्यो लगाइएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ को लागि महिला विकास कार्यालयमा कार्यालय रहने गरी टुंगो लगाइएको बदघार्ट सुस्ता पश्चिम प्रदेश ५ को जिल्ला निर्वाचन कार्याल्य नवलपरासीका जिल्ला निर्वाचन अधिकारी अयोद्याप्रसाद भण्डारीले बताए । बर्दघाट सुस्ता पश्चिम प्रदेश नं. ५ को जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले निर्वाचनका लागि कार्यालय स्थापनाको तयारी गर्ने, कर्मचारी विवरण पठाउने, मतदाता शिक्षाका लागि कार्यतालिका तयार गर्ने लगायतका कार्यक्रमहरू भइरहेको बताए ।

परासी क्षेत्रको प्रतिनिधि सभाको निर्वाचन अधिकृतको रूपमा हरिशंकर ज्ञवाली र निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको रूपमा मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज शर्मा रेग्मीलाई जिम्मा प्रदान गरिएको छ ।