चाडपर्वलाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागू- उपरीक्षक राजेन्द्र चौधरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चाडपर्वलाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागू- उपरीक्षक राजेन्द्र चौधरी



रबिन्द्र यादव, असोज १९ नवलपरासी ।

चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो । नवलपरासीको सम्पुर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा प्रयाप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एस पी चौधरीले जानकारी दिनु भएको छ ।

नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको बुझिएको छ । चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झै झगडा लगायतका घटनाहरु हुन न दिन जिल्ला भरिका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उहाले बताउनु भएको छ ।

एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ । चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवा तास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताउनु भएको छ ।

उहाले जिल्लाको कुनै पनि ठाउमा कुनै केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना घटन न दिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई अाग्रह गर्नु भएको छ । एस पी चौधरीको शान्ति सुरक्षा योजनालाई चौतर्फी प्रशंसा गरिएको छ ।