नवज्योति क्लबद्बारा सामुदायिक वनमा वृक्षारोपण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नवज्योति क्लबद्बारा सामुदायिक वनमा वृक्षारोपण



कैलाली – जिल्लाको घोडाघोडी नगरपालिका -२ थुम्कीमा रहेको कालिका सामुदायिक वनमा वृक्षारोपण गरीएको छ । नवज्योति युवा क्लबको आयोजनामा शुक्रबार करिब ८ सय बिरुवा रोपिएको हो ।

साल,सिसौ ,खयर ,बकैना लगायत विभिन्न प्रजातीका विरुवाहरु रोपिएको नवज्योति क्लबका उपाध्यक्ष विनोद अधिकारीले जानकारी दिए । उनले वन विनासले प्राकृतिक समस्याका साथै मानवीय समस्याहरु पर्ने हुनाले सबै मिलि बनको संरक्षण गर्नुपर्ने बताए ।

पछिल्लो समय सामुदायिक वनहरु चोरी ,निकासी तथा अतिक्रमणको चपेटामा परिरहेको बेलामा स्थानीय क्लबले वृक्षारोपण गरि उदाहरणीय कार्य गरेको सामुदायिक वनका पदाधिकारीहरुले बताएका छन् ।