पाँच रुपैयाँको नयाँ नोटमा के छ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाँच रुपैयाँको नयाँ नोटमा के छ ?



 
३० साउन, काठमाडौं ।

५ रुपैयाँको नयाँ नोट बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने बताएको छ ।

पुरानो नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा नरहने र यसको सट्टा भुकम्पअघिको कष्ठमण्डप मन्दिरको चित्र राखिएको छ ।

सगरमाथाको चित्रको ठाउँमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।