नयाँ वर्षमा टेलिकमको अफरको बहार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नयाँ वर्षमा टेलिकमको अफरको बहार



हिमालपोष्ट/काठमाडौँ,चैत्र ३० 

नयाँ वर्षको अवसर पारेर नेपाल टेलिकमले बोनस दिने घोषणा गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तिअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र एकहजारको रिचार्ज गर्दा १५ प्रतिशत व्यालेन्स बोनस दिने उल्लेख छ ।

यो सुविधा रिचार्ज कार्डबाहेक अन्य तरिकाबाट रिचार्ज गर्दासमेत पाइनेछ । बोनस व्यालेन्सको भ्यालिडिटी ३ दिनको मात्रै हुनेछ । अर्थात्, उपभोक्ताले बोनस पाएको व्यालेन्स तीन दिनमा सक्नुपर्ने हुन्छ ।

यो सुविधा चैत ३० देखि नयाा वर्षको वैशाख १३ गतेसम्म लागू हुनेछ ।

यसै गरी, डाटा प्याकेजमा समेत बोनस दिइने टेलिकमले जनाएको छ । डाटा प्याकेजमा सुविधा चैत ३० देखि वैशाख २८ गतेसम्म लागू हुनेछ ।

अल टाइम डाटा प्याकेजमा एकसयको प्याकेजमा ४ सय एमबी, २ सयको प्याकेजमा ८ सय ५० एमबी र तीनसयको प्याकेजमा १५ सय एमबी डाटा उपलब्ध गराइने बताइएको छ ।

नाइट प्याकेजमा २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित क्रमशः: ३ जिबी र साढे ६ जिबी उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सुविधा राति १० बजेदेखि बिहान ६ बजेसम्म हुनेछ ।