नयाँ ज्ञान, सोंच र कला बिना देशले उपलब्धि हाँसील गर्न सक्दैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नयाँ ज्ञान, सोंच र कला बिना देशले उपलब्धि हाँसील गर्न सक्दैन



प्रस्तुति:  समीर प्रकाश पाण्डे

राजनीति फोहरी खेल हो। “यिनीहरूमा लाज घिन केही हुँदैन।” सबै नेता चोर हुन्” यिनीहरूबाट देशको विकास सम्भव छैन” अव यिनीहरूको पछाडि लागेर हिंडिदैन।” यी र यस्तै कुराहरू सुन्न पाईन्थ्यो केही समय अगाडी सम्म हरेक सामाजिक सञ्जाल, गल्ली चोक अनि चिया पसलमा ।

तर अहिले समय फेरीएको छ। सरकारले जब स्थानीय निकाएको चुनावको मिति सार्वजनिक गर्‍यो र जति समय नजिकिदै छ राजनैतिक माहोल पनि गर्माउदै गइरहेको छ। चर्चाको विषय पनि फेरीएको छ। नेता कार्यकर्ताहरू आ-आफ्नो तरिकाले लागिपरेका छन् आफ्नो पक्षमा जनमत तयार पार्न। धेरै वर्ष पछि हुन गइरहेको स्थानीय निकाय को निर्वाचनमा एउटा पुरै नयाँ तप्कानै उत्सुकता सँगै पर्खीरहेको छ। जो पहिलो पटक सहभागी हुँदैछ। देशको राजनैतिक विकास क्रम सँगै हुर्केको उक्त पुस्ताको मत तान्ने कसरतमा छन् राजनीतिक दलहरू।

देशका विभिन्न जिल्लाहरूमा स्थानीय निकायको निर्वाचनमा युवा आकांक्षिहरू बढ्दै गइरहेको रिपोर्टहरू सार्वजनिक भइरहेको अवस्थामा अर्घाखाँचीमा पनि गाउँ देखी नगर पालिका सम्म युवा नेतृत्व आफ्नो हातमा लिने कसरतमा लागेको बताईन्छ। अर्घाखाँचीको पूर्वी भेगको एक गाउपालीका छत्रदेवका युवाहरू समय सुहाउदो युवा नेतृत्व स्थापनाको लागि जुटीरहेका छन्। समाजिक सञ्जालहरूबाट युवा एकीकृत गर्ने देखी एउटै धारणा बनाएर वडा देखी गाउपालीका सम्म युवा अनुकूल नेतृत्व स्थापना गर्ने अभिलाषामा उनीहरू रहेका छन्। जेष्ठ व्यक्तिहरूको जमघट रहेको राजनीतिक जमघट बाट उनीहरूलाई संम्मान सहित बिदा गर्ने र २१औं सताव्धी सुहाउदो नेतृत्व स्थापना गराउने उनीहरूको कसरत रहेको युवाहरू बताउछन्।

इतिहांसमा जे जसरी युवाहरू प्रयोग गरिए पनि आगामी दिनमा उनीहरू सम्मानजनक स्थानको प्रतीक्षामा छन्। सधैभरी अनुभवको हवाला दिँदै युवालाई राजनीतिको मूल प्रभाहबाट बाहिर राख्ने व्यवस्थाको विरुद्ध उनीहरू आफ्नो आवाज बुलन्द पारिरहेका छन्। फोहर राजनीतिलाई बाहिरबाट गालीगरेर सफा नहुने त्यसको लागी नयाँ जोस र ऊर्जा सहित राजनीतिमै घुसेर सफा पार्न सकिन्छ भन्ने धारणा राख्छन् जुजारु केरुङ्गाका युवा नेता ठाकुर पन्थी ।

आजको युवा लाठी मुंग्रा भन्दा पनि काममा विश्वास राख्ने हुँदा नयाँ सोंच र बिचारको प्रवेशका लागी छाती चौंडा पारेर युवाको हातमा नेतृत्व दिनुपर्ने साथै स्थानीय तहको चुनाव मा युवा को बर्चस्व हुने धारणा राख्छ्न युवा व्यवसायी तथा ने. वि. सङ्घ लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका सचिव रमेश पाण्डे ।

पञ्चायत कालीन सोंचबाट आजको युगमा विकसित राजनैतिक परिवर्तन संस्थागत हुन नसक्ने साथै २१औ शताव्दीका युवाको आधुनिक ज्ञान, सोंच र सिप साथै सम्मानजनक उपस्थिति गराएर देशको उन्नति र प्रगतिको सहयात्री बनाउनु पर्ने नकी फड्के किनाराको साक्षी भन्छन् युवा सामाजिक अभियन्ता राजिव खनाल।

धेरै पटक स्थानीय नेतृत्वका लागि काम गरेको तर आफ्नो सोंच बिचार र आकाङ्क्षाको अवमुल्यन भएकोले आगामी नेतृत्वमा युवा नेतृत्व को स्थापनाको लागी जुनसुकै किसिमको सहयोग गर्ने बताउछन् प्रकाश पाण्डे।

युवाहरू बिकेर राजनीति गर्दैनन् अनि लाठी-मुंग्रा र ढुङ्गा-मुडाको राजनीतिक संस्कार चाहदैनन्। उनीहरू शिक्षित छन् र इज्जत, इमान र प्रतिष्ठाको राजनीति गर्नेछन् जसबाट हरेक नागरिकले आफूले भोट हालेकोमा गर्व गर्न सकोस भन्दै आफ्नो पहिलो रोजाई युवालाई बनाउन आग्रह गर्छन् युवा विचारक दीपक पाण्डे।

देशले नियमित रूपमा स्थानीय निकायको चुनाव गर्न नसक्नु, बेरोजगारी बढ्दै जानु र युवाहरूको राजनीतिमा आकाङ्क्षा बढ्दै जानुले नेतृत्वलाई जटिलता थपिदै गएको छ। नयाँ ज्ञान, सोंच र कला बिना देशले उपल्व्धी हाँसील गर्न सक्दैन। विषम परिस्थिति बाट पार पाउँदै देशमै युवाहरूको व्यवस्थापन, विकास उन्नतिको लागी लक्ष्य अनि दुरदृष्टि भएको नेतृत्वको आवश्यकता देशले महसुस गरेको छ।