राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट नदिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट नदिने



काठमाडौं- यो वर्ष नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही नगर्ने भएको छ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दसैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसपालिको दसैंमा नयाँ नोट नपाइने भएको हो।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेकाले राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो।

राष्ट्र बैंकले सूचना जारी गरी नोट सटहीले स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने बताएको छ। सूचनामा भनिएको छ, ‘नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलिन सक्ने उच्च भएकाले आमनागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन।’

यसअघिका दसैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो। गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो।