नयाँ प्रस्ताव बोकेर विष्णु पौडेल र सुवास नेम्वाङ प्रचण्डनिवासमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नयाँ प्रस्ताव बोकेर विष्णु पौडेल र सुवास नेम्वाङ प्रचण्डनिवासमा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उग्र बन्दै गैरहेको बेला पार्टीका दोस्रो तहका नेताहरूले सक्रियता बढाएका छन् । समस्या समाधानका लागि नेताहरुले फेरि सक्रियता बढाएका हुन् ।

विवाद समाधानकै लागि पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेका छन् । स्रोतका अनुसार महासचिव पौडेल दिउसो र नेम्वाङ साँझ खुमलटार पुगेका थिए ।

प्रचण्डसँग छलफल गर्दै दुवै नेताले सहमतिमा नै अगाडी बढ्न नयाँ प्रस्ताव लिएर प्रचण्डनिवास पुगेको बताइएको छ । पार्टीका सबै कमिटीमा अल्पमतमा परेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पुन सहमतिका लागि पहल गरेका छन् । उनले पार्टी सचिवालय बैठकमा पुरानो सहमतिमा फर्किएर सहमति गर्नुको विकल्प नरहेको बताएका थिए ।

खुमलटार पुगेका महासचिव पौडेलले पनि २० गते सचिवालय बैठक बस्नुअघि छलफल गरी नयाँ सहमति कायम गर्नुपर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ ।

नेम्वाङले पनि प्रचण्डलाई सहमतिमा फर्किन आग्रह गरेका थिए । उनले पार्टीलाई विभाजन हुन नदिन थप गृहकार्य गरेर उच्चस्तरीय सहमति आवस्यक रहेको बताएका थिए ।

आजै प्रधानमन्त्री र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटघाट पनि गरेका छन् । भेटमा नेकपा विवादबारे छलफल भएको बताइएको छ ।