गुल्मीमा नयाँ शक्ति पार्टीले सुरु ग¥यो चनावी घरदैलो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मीमा नयाँ शक्ति पार्टीले सुरु ग¥यो चनावी घरदैलो



गुल्मी : नयाँ शक्ति पार्टी नेपाल गुल्मीले चुनावी प्रचार प्रसार अभियान सुरु गरेको छ । मंगलवार सदरमुकाम तम्घासबाट जिल्लाको प्रतिबद्धताहरु सार्बजनिक गर्दै औपचारिक रुपमा चुनावी घरदैलो अभियान सुरु गरिएको नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए ।

जिल्लाका २ निर्वाचन र ४ प्रदेश सभा क्षेत्रहरुका उम्मेदवाहरुले जिल्ला भर प्रचार तथा घरदैलो अभियान सुरु गरिएको नयाँ शक्ति पार्टी नेपाल गुल्मीका संयोजक एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार तेजेन्द्र थापाले जानकारी दिए ।

थापाले दुबै निर्वाचन क्षेत्रको प्रतिबद्धता पत्र सर्बजनिक गर्दै राजनितिक अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणली स्थापना गर्नको लागी यो निर्वाचनमा नयाँ शक्तिले जित्नु पर्ने बताए । चुनावी घरदैलोमा जिल्ला भर नयाँ शक्ति पार्टीले भ्रष्ट एबं असंगतिपूर्ण बन्दै गएको राजनितिलाई असल र पारदर्शी बनाउने अभियान लिएर घरदैलोमा जाने थापाले बताए ।

नयाँ शक्तिीले युवा पुस्ताको सपनालाई साकार पारी युवाको आशा र भरोसा कायमै राख्ने प्रतिबद्धता गरेको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, यातायत, जस्ता सार्वजनिक क्षेत्रमा व्यप्त माफियातन्त्रको अन्त्य गरी त्यस्ता अत्यावश्यक सेवालाई गुणस्तरीय एबं सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रसहित समग्र प्रदेश अनि देशको समतामूलक सहभागितामूलक विकास र सुमृद्धिका लागी योगदान गर्ने चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् । स्वच्छ सफा, हराभरा एबं व्यवस्थित र आधुनिक सहर निर्माण गर्न नयाँ शक्ति अगाडी आउनु पर्ने थापाले सार्बजनिक गरेको प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिबद्धतामा कहालिलाग्दो युवा पलायनलाई रोकी देशमै रोजगारिको सृजना गर्ने र गाउँ शहर सबै ठाउँको स्थानिय आबश्यलाई मध्यन नजर राखेर बिकास नयाँ योजनाहरु कोरेर बिकास गरिने जस्ता महत्वकांक्र्षी प्रतिबद्धाहरु सर्बजनिक गरेका छन् । नयाँ शक्तिले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवारले आफनो प्रदेश तथा क्षेत्रमा मतमाग्नको लागी औपचारी रुपमा घरदैलो सुरु गरेका हुन् ।