नयाँ शक्तिका नेता शङ्कर भण्डारी दिल्लीमा, राजनैतिक तथा कुटनैतिक भेटघाट जारी । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्तिका नेता शङ्कर भण्डारी दिल्लीमा, राजनैतिक तथा कुटनैतिक भेटघाट जारी ।



भदौ १८, नयाँ दिल्ली –

नयाँ शक्ति पार्टी नेपालका प्रभावशाली युवा नेता शंकर भण्डारी भारत भ्रमणमा छन् ।  विदेश विभाग अन्तरगत प्रवास प्रादेसिक समितिको भारत स्थित सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज भारतको यही ९ सेप्टेम्बरमा हुने प्रथम अधिवेशन तयारी बैठक तथा प्रशिक्षण कार्यक्रम सफल पार्न उनि बुधवार भारतको राजधानी दिल्ली आइपुगेका हुन् ।

प्रवास प्रादेशिक समितिका नेता भण्डारी यतिबेला भारतमा बस्ने आम प्रवासी नेपाली जनसमुदाय देखि उद्योगी , व्यवसायी ,बुद्धिजीवीहरू र बिध्यार्थीहरुसंग  स्थलगत भेटघाटमा व्यस्त ब्यस्त छन् ।
आर्थिक समृद्धि स्वदेशी लगानी ,औद्योगिक पुजिलाइ निर्माण गर्न नयाँ शक्तिले कला , सीप , बुद्धि भएका हाम्रा राष्ट्रका सफल ऊर्जा शक्ति युवाहरूको विदेशी भूमिमा वेचिएको विवेक र देश निर्माणको जागर , माथि आफ्नो मुख्य ध्यानाकर्षण भएको नेता शङ्कर भण्डारी बताएका छन ।

भारतको सङ्गठनलाई नयाँ उचाइमा दिन संगठानिक भेटघाटको सिलसिलामा भारत पुगेका भण्डारी आज दिल्ली NCR मा पर्ने औद्योगिक नगरी DLF industrial area को अध्यन अवलोकनमा व्यस्त छन्।