वाम गठबन्धनलाइ पहिलो गासमै ढुङ्गा, नयाँ शक्ति अलग हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वाम गठबन्धनलाइ पहिलो गासमै ढुङ्गा, नयाँ शक्ति अलग हुने



२६ असोज, काठमाडौं ।

केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि भट्टराइ निरास बनेर बालकोटबाट फर्केका छन् ।

तालमेल र वाम एकता गर्ने गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी पनि दिएको बताइएको छ ।

बुधबार बालकोटस्थित केपी ओलीको निवासमा भएको छलफलमा डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो ।

तर, ओलीले बाबुरामको कुरामा वास्ता नगरेको श्रोतले जनाएको छ । ओलीले डा. भट्टराइसंग कुरागर्दै माग पुरागर्न नसकिने बताएका थिए ।

एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागेको हो ।

माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखेको र आफुहरुलाई पंगु बनाउन खोजेको नयाँ शक्तिका नेताहरुको गुनासो छ।