नयाँ शक्तिलाई बलिको बोको बनाउदै प्रचण्ड र ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्तिलाई बलिको बोको बनाउदै प्रचण्ड र ओली



काठमाडौँ–

गोरखा क्षेत्र नं २ लाई लिएर वाम गठबन्धनभित्र खेल सुरु भएको छ । नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराईलाई लिएर गठबन्धनमा महाभारत भएको छ ।

यो यति ठूलो प्रतिष्ठाको विषय बनेको छ कि नयाँ शक्तिले बाबुराम भट्टराईलाई गोरखा २ नदिए गठबन्धन नै छाडेर एक्लै अगाडि बढ्ने विकल्पमा छलफल सुरु गरेको छ भने गोरखा २ बाट नारायणकाजि श्रेष्ठलाइ जिताउन गठबन्धन जे सुकै गर्न तयार छ ।

एमाले माकेको चाल हेर्दा लाग्छ कि बाबुराम भट्टराईलाइ हराउन उहिहरु जे सुकै गर्न तयार छन् ।  माओवादी केन्द्रले बाबुराम संगको पूर्वाग्रह राखेर अडान राखेको प्रस्ट देखिने यो खेलमा नयाँ शक्ति होमिन तयार छैन ।

‘गठबन्धन बनाएर अगाडि बढ्ने तर एउटा पार्टीको प्रमुख नेतालाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न नदिने हो भने गठबन्धनको औचित्य कसरी हुन्छ ? यस्तो अवस्थामा नयाँ शक्तिले विकल्प सोच्नुपर्छ ।