वाम गठबन्धनमा खटपटः गठबन्धनबाट बाहिरिने अल्टिमेटम ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वाम गठबन्धनमा खटपटः गठबन्धनबाट बाहिरिने अल्टिमेटम !



असोज २७, काठमाडौं-

चुनावी तालमेल पछी पार्टी एकता सम्मको सपना बोकेर एक ठाउमा आएका एमाले, माओबादी केन्द्र र नयाँ शक्तिबीच खटपट सुरु भएको छ ।
गोरखाको २ नम्बर क्षेत्रलाई लिएर माओवादी केन्द्र र नयाँ शक्तिबीच विवाद बढेपछि गठबन्धनमा खटपट देखिएको हो ।

माओवादीसंग विवाद बढेपछि नयाँ शक्ति पार्टीले गठबन्धनबाट बाहिरिन सकने चेतावनी दिएको छ ।

उसले आफुले दावी गरेअनुसार सिट नपाए शुक्रबारसम्म गठबन्धनबाट बाहिरिने अल्टिमेटम दिएको हो ।