पहिलो चरणमा प्रत्यक्षतर्फका नयाँ शक्तिका उम्मेदवार (सूचीसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहिलो चरणमा प्रत्यक्षतर्फका नयाँ शक्तिका उम्मेदवार (सूचीसहित)



काठमाडौं–

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७५ जना उम्मेदवार खडा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि बाबुरामसहित २६ उम्मेदवार प्रत्यक्षतर्फ उम्मेदवार छन् भने प्रदेशतर्फ ४९ जना चुनावी मैदानमा रहेका छन् ।

भट्टराई आफू पनि प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर २ बाट प्रतिष्पर्धा गर्दैछन् । नेकपा एमाले र माओवादी केन्द्रसँग बाम तालमेल हुँदै पार्टी एकता गर्ने घोषणा गरी गठबन्धनमा जोडिएका बाबुरामले सिट बाँडाफाँडमा कुरा नमिलेपछि गठबन्धनबाट अलग्गिएका थिए ।

बाम गठबन्धनबाट अलग भएका भट्टराईले आफू उठेको क्षेत्रसहित केही ठाउँमा भने नेपाली कांग्रेससँग कार्यगत एकता गरेका छन् । आफू उठेको क्षेत्रमा कांग्रेसको समर्थन लिएर भट्टराईले गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसलाई समर्थन गरेका छन् भने रसुवामा पनि कांग्रेसलाई समर्थन गरेको घोषणा गरेका छन् ।

नयाँ शक्तिका को कहाँबाट, हेर्नुहोस् सूची