नयाँ शक्ति नेपाल पार्टीको अबको योजना - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नयाँ शक्ति नेपाल पार्टीको अबको योजना



रमेश शर्मा (लम्साल )

पछिल्लो समय देशमा विभिन्न राजनैतिक दलहरूको खिचातानिका कारण जनताहरू राजनैतिक सङ्गठन प्रति निकै रुष्ट हुन थालेका छन् । विभिन्न दलका अगुवा नेताहरूको समय–समयमा परिवर्तित भाषणका कारण अहिले जनताहरुले नेताको बोलीको कुनै विश्वास नै गर्न छाडेका छन् नै भन्दा फरक पर्दैन् । विभिन्न समयमा जनतालाई आस्वासन बाँडने तर त्यो आस्वासन कार्यान्वयन नगर्दा जनता यसरी रुष्ट भएका हुन् । तर यही भ्रमलाई चिर्न र जनताको पक्षमा काम गर्नभनी देशमा नयाँ संविधान जारी भएसंगै एउटा नयाँ शक्तिको उदय भएको छ । जसलाई नामाकरण पनि नयाँ शक्ति नेपाल पार्टी भनेर गरिएको छ । जसले देशमा आर्थिक विकास विना अरू कुनै पनि विकासको कल्पना गर्न नसकिने भन्दै आर्थिक विकासको नारालाई प्राथमिकतामा राखेर उदय भएको हो । अबको निकास आर्थिक विकास र सम्भव छ ,समृद्धि हाम्रै पालामा भन्ने नारालाई मुख्य प्राथमिकता दिएर अघि बढेको पार्टीले पछिल्लो समय के गर्दै छ त ?
१ . हालसम्म करिब डेढ लाख पाटी सदस्यहरू नयाँ शक्ति नेपालमा आबद्ध छन् । तसर्थ पार्टीको योजना अनुरूप एक पार्टी सदस्य बराबर दुई साथी सदस्य अभियान चलाउने योजना बनाएका छौ । जसले गर्दा तिन लाख सदस्य थप गर्नका लागि कुनै समस्या पर्दछ जस्तो मलाई लाग्दैन ।

२ . प्रथम त कुनै पनि देशलाई समृद्ध बनाउने मुख्य आधार सत्तामा गएपछि मात्र प्राप्त हुन्छ । त्यसको लागि सुशासन सहितको सदाचार युक्त पाटी हामीले बनाउन सक्यौ भने त्यहाबाट जनताको विश्वास प्राप्त हुन्छ ।  सोही विश्वासका आधारमा सत्ता प्राप्ति गरी समृद्धिको बाटोतर्फ डो¥याउने मुख्य लक्ष्य सहित पाटी स्थापना भएको हो भने सत्ता प्राप्त नहुदै पाटीको पहल र विज्ञहरुको सुझावमा एक वर्षभित्र एक लाख युवाहरूलाई प्रत्यक्ष वा परोक्ष रोजगार दिने खालको कार्यक्रमहरू अगाडि सारेर सम्भव छ समृद्धि हाम्रै पालामा भन्ने नारालाई चरितार्थ कार्यान्वयन गर्दैछौ ।

३ . विगतमा डा. बाबुराम भट्टराई सत्तामा भैरहदा विभिन्न खाले योजनाहरू ल्याएर समृद्धिको बाटोमा देशलाई डो¥याउने प्रयास गरेकै हुन । जसमा अर्थमन्त्रि हुँदा इतिहासकै सफल बजेट ल्याई इतिहासकै सबैभन्दा ठुलो राजश्व सङ्कलन गरी युवा स्वरोजगार, लघु कृषि ऋण मिनाहा, अति विपन्न परिवारलाई रासन कार्डको व्यवस्था, मध्यपहाडि लोकमार्गको निमार्ण गरी दशवटा स्मार्ट सिटिहरुको अवधारणा बनाई विभिन्न खालका बहुचर्चीत बहुआयामीक र दूरदर्शी कार्य गर्नुभएको थियो भने डा. भट्टराई प्रधानमन्त्री हुँदा काठमाण्डौका सडकहरु फराकीलो गर्नुका साथै भारतसँग नाका जोड्ने काँकडभित्ता, विराटनगर, विरगंज, सुनौली नेपालगंज र महेन्द्रनगर लगायत देशका मुख्य ६ वटा नाकाहरुलाई जोड्ने अन्तर्राष्ट्रिय स्तरको छ लेन सडक बनाई समृद्धिको ढोका खोल्ने काम भएको थियो । साथै बिपा  सम्झौता, लगानी बोर्ड गठन, राष्ट्रिय गौरवका आयोजना घोषणा लगायतका कामहरू डा. भट्टराईले गर्नुभएको थियो । अबपनि जनताको मन जिती सत्ता आफ्नो हातमा लिएर ती कामलाई निरन्तरता दिई अझ देशलाई समृद्धि तर्फ लैजानको लागि विभिन्न कामहरू गर्ने नयाँ शक्ति पार्टीका योजनाहरू रहेका छन् ।

४ . एक वर्षमा एक लाख युवालाई रोजगारी दिने योजना अनुरूप हाललाई सिपमुलक तालिम केन्द्रको स्थापना गरी विदेशमा रहेका नयाँशक्ति प्रति आकर्षित र समर्पित युवाहरूको प्रत्यक्ष सहभागितामा प्रत्येक प्रदेशमा नमुना कृर्षि फर्महरु, माइक्रो फाइनान्सहरु, हाइड्रो पावरहरु, विभिन्न सहकारीहरु लगायतको निमार्ण गरी लाखौ युवाहरूलाई रोजगारी दिने पाटीको योजना रहेको छ ।

५ .पहिचानका पाँच र सामथ्र्यका चार आधारमा टेकेर राज्य पुर्नसंरचना आयोगले गरेको सिफारिस अनुसार प्रदेशहरुको सिमाकंन संशोधनको प्रस्ताब अगाडि बढाउनु पर्दछ भन्ने स्पष्ट धारणा नयाँ शक्ति पाटीको रहेको छ । सो क्रममा कुन प्रदेश, कुन जिल्ला, कुन नगरपालिका, कुन गा.वि.स. भन्ने हुँदैन आवश्यक्ता अनुसार टुक्राउन सकिन्छ । उक्त  विषयलाई लिएर राजनीतिक एजेण्डा बनाई कुनै पनि राजनीतिक दलले जनताको भावन भड्काउने काम गर्नु हुँदैन ।

६ . नयाँ शक्ति भनेको सदाचार, सुशासनको जगमा टेकेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने पाटी हो । नयाँ शक्तीको “पाँच स”लाई आत्मसात गरी पार्टी एकता वा एकल व्याक्ती एकता गर्न आउँछ भने हामी खुल्ला हृदयले स्वागत गर्न तयार छौ । चाहे त्यो प्रचण्ड होस् चाहे उपेन्द्र यादव । नयाँ आधारमा नयाँ एकताको लागि सदैव तयार छौ । तर पुरानै ढङ्गको एकताको जुन हल्ला फैलाइएको छ त्यो नयाँ शक्ति प्रति बढ्दो आकर्षणले आत्तीएका केही पुराना खेलाडिहरुको हल्ला मात्र हो ।

७ . नयाँ शक्ति पार्टीका संयोजककै विशेष पहलमा संविधान घोषणा भएका कारण संविधानको कार्यन्वयनका लागि हामी सदैव प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्न चाहान्छौ । सँगसँगै संविधान प्रति रहेका असन्तुष्टिहरुलाई समय सापेक्षीत संशोधनद्वारा सम्बोधन गरी अगाडि बढ्न समेत प्रतिबद्ध छौ ।

लेखक -संयोजक अन्तराष्ट्रिय नेपाली समाज भारत  दिल्ली NCR संयुक्त राज्य समिति